सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एन्फा विशेष साधारणसभा १५ चैतमा

सोमबार, ०७ चैत २०७८, १४ : ५६
सोमबार, ०७ चैत २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित विशेष साधारण सभा १५ चैतमा हुने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार विशेष साधारणसभाका लागि सूचना जारी गरेका हुन् । यसअघि उल्लेखित तीन चुनावी एजेन्डामा एउटा थप गरी पठाइएको छ  ।

४ चैतमा पठाइएको पत्रमा (१) निर्वाचन समिति गठन सम्बन्धमा, (२) निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धमा र (३) उम्मेदवारको मनोनयन शुल्क निर्धारण सम्बन्धमा’ मात्रै समावेश थियो । महासचिव तुलाधरले शुक्रबार सर्कुलर गरेको पत्रमा ९३० नम्बर बुँदामा ‘संघको वार्षिक कार्यक्रम तथा बजेट एवं आ.व २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा’ भन्ने एजेन्डा थपिएको छ ।

एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुईपटक स्थगित भएको थियो । एन्फाले ८ फागुनका लागि विशेष साधारणसभा तय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप