मधेशी आयोगको तेस्रो वार्षिकोत्सव सम्पन्न
मधेशी आयोगले आफ्नो तेस्रो वार्षिकोत्सव बनाएको छ । आयोगले सोमबार अध्यक्ष डा विजयकुमार दत्तले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ खाएको दिनको अवसरमा आफ्नो तेस्रो वार्षिकोत्सव बनाएको होे ।
आयोगका अध्यक्ष दत्तले आयोगले ३ वर्षमा गरेको काम तथा गतिविधिको बारेमा जानकारी गराएका छन् । अध्यक्ष दत्तका अनुसार आयोगले यो ३ वर्षमा तराई-मधेशका विभिन्न जिल्लाको अनुगमन तथा निरीक्षण, नेपाल-भारत सिमाका विभिन्न स्थानहरूको स्थलगत अवलोकन तथा अनुगमन, आयोगमा पुस्तकालयको स्थापना, आयोगलाई पूर्ण प्रविधि-मैत्री बनाउने, टोल फ्री तथा हेल्पलाइन नम्बरको संचालन, अधिकृत स्तरको लोक सेवा तयारी कक्षा अभिमुखीकरण तथा संचालन, आयोगको लोगो निर्माण, ई-लाइब्रेरी स्थापना, ई-हाजिरीको व्यवस्था, विज्ञहरूको रोस्टर तयार, आयोगको चौमासिक बुलेटिन प्रकाशन, अन्धविश्वास, बालविवाह, दाइजो प्रथा, छुवाछुत जस्ता कुरितीविरुद्ध अभिमुखीकरण कार्यक्रम संचालन, प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा मधेशी समुदायको सशक्तीकरणका लागि लोकसेवा तयारी अभिमुखीकरण कक्षा संचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण