श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु
मकवानपुरको हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-३ जम्बोमा मंगलबार साँझ श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४३ वर्षीय मित्र लाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । मृतक सुनारको उनकै श्रीमती ४१ वर्षीय अनिता विकको कुटाइबाट मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
घरायसी विवादमा मादक पदार्थ सेवन गरी विकले श्रीमानलाई हातले धकेल्दा लडेर घाइते भएका सुनारको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले बताए । लडेर अचेत अवस्थामा उपचारको लागि हेटौडा अस्पताल पुर्याइएका सुनारलाई साँझ ७ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण