शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटी विजयी

बिहीबार, १० चैत २०७८, १५ : ५९
बिहीबार, १० चैत २०७८

सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसिटीको जितमा प्रज्ज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे ।

विश्वासले खेलको पाँचौँ मिनेटमा गोल गर्दै आरसिटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको २०औँ र २४औँ मिनेटमा प्रज्ज्वलले व्यक्तिगत दुई गोल गरे । जितसँगै आरसिटीले आठ खेलबाट १२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

पराजित सामाजिक युथ क्लब भने आठ खेलबाट सात अङ्क जोड्दै अङ्कतालिकाको नवौँ स्थानमा यथावत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप