सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटी विजयी
बिहीबार, १० चैत २०७८, १५ : ५९
सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसिटीको जितमा प्रज्ज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे ।
विश्वासले खेलको पाँचौँ मिनेटमा गोल गर्दै आरसिटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको २०औँ र २४औँ मिनेटमा प्रज्ज्वलले व्यक्तिगत दुई गोल गरे । जितसँगै आरसिटीले आठ खेलबाट १२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
पराजित सामाजिक युथ क्लब भने आठ खेलबाट सात अङ्क जोड्दै अङ्कतालिकाको नवौँ स्थानमा यथावत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण