बुटवलमा कृषि मेला सुरु
बुटवलमा बिहीबारदेखि कृषि मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा कृषि मेला शुरु भएको हो । कृषि मेलाको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन् ।
मेलाको उद्घाटन गर्दै प्रमुख शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सनमा बन्नुपर्नेमा जोड दिए । राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाईभर्सनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई समेत उनले आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले महासंघले सय किसान अभियान सञ्चालन गरिएको भन्दै उक्त अभियानका माध्यमबाट पैसा, प्रविधि र प्राविधिकमा जोड दिइएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको बताउँदै कृषि क्षेत्रमा रहेको सम्भावनाहरूलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकीकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको बताए ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधिको प्रदर्शनी गरिनेछ । गैरनाफामूलक मेलाको रुपमा आयोजना गरिएको कृषि मेलामा अधिकतम ५० स्टल रहेन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण