चैत १७ देखि शान्ति समाजको २१ जिल्लामा अभियान
मानव अधिकार तथा शान्ति समाजले आगामी चैत १७ देखि २१ जिल्लामा विशेष अभियान सञ्चालन गर्ने भएको छ । हिमालय बचाउँः नदी जोगाउँ भन्ने आह्वानका साथै गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार, लागू औषध–मदिरा दुर्व्यसन विरुद्ध अभियान र युद्ध निषेधः शान्ति विशेष’ भन्ने नाराका साथ त्यससँग सम्बन्धित अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियान गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका २१ जिल्लामा सञ्चालन हुनेछ । यसैगरी विश्व शान्तिको आह्वानसहित लुम्बिनी र मुक्तिनाथमा दिप प्रज्वलनको कार्यक्रम रहेको पनि समाजले जानकारी दिएको छ ।
अभियानका क्रममा हुने कोण सभाहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापति कृष्णबहादुर रावल लगायत शान्तिवादीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि समाजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण