रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
शुक्रबार, ११ चैत २०७८, १२ : १३
रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् ।
उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको छ ।
गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण