चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यस्तो छ तीन दिने कार्यक्रम तालिका

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । उनी परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री वाङ दिउँसो चार बजेको वरपर काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्यसपछि उनी आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जानेछन् ।
शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम राखिएको छैन । शनिबार दिउँसो दुई बजेतिर उनी नेपाल–चीन विदेश मन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धित पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । शनिबार नै परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुने कार्यक्रम छ ।
चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने जनाइएको छ । नेपालको तीन दिने भ्रमण सम्पन्न गरी आइतबार बेलुका उनी स्वदेश फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?
-
सङ्घीय निजामती सेवा विधेयकमा मागहरू नसमेटिएपछि नेपाल निजामती कर्मचारी युनियनको आपत्ति
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु