काँग्रेस प्रदेश सभापतिले भने - गठबन्धन गर्ने हो भने हाम्रो हालत पनि काँग्रेस आईको झैं हुनेछ
नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जान नहुने बताएका छन् । शुक्रबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कमिटीको बैठकमा प्रदेश सभापतिहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका हुन् ।
गण्डक प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अम्बर पुन, कर्णाली प्रदेश सभापति ललित बहादुर शाहीले गठबन्धन गर्न नहुनेमा जाड दिएका हुन् । गठबन्धन गरेमा स्थानीय आवश्यकता अनुसार मात्र गर्नु पर्ने उनीहरुको जोड छ । गठबन्धन किन गर्ने, गर्दा के हुन्छ, केन्द्रबाटै गठबन्धन गर्ने की स्थानीय आवश्यकता अनुसार गर्ने यी तीनवटा प्रश्नमा बैठक केन्द्रित रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कर्णाली प्रदेशका सभापति शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा काँग्रेस निल हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्रले ज-जसले जहाँ जितेको हो त्यो ठाउँमा आफूसँगै राखेर नेकपा एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ । यस्तो गर्दा कर्णालीका धेरै जिल्लामा काँग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण