बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन किलोमिटर सडक खुल्न १३ वर्ष लाग्यो

शुक्रबार, ११ चैत २०७८, २० : ४३
शुक्रबार, ११ चैत २०७८

नेताहरुको पहुँच नभएका गाउँमा विकास कति पछाडि छ भन्ने उदाहरण दिने थलोे हो गुल्मीको मुसिकोट नगरपालिका–४ को डाँडाथोक गाउँ । २०६४ सालको निर्वाचनमा डाँडाथोक गाउँका बिष्णुबहादुर बगालेसहितका अगुवाले पाउखोलादेखि डाँडाथोकसम्म मोटरबाटो सुविधा नहुँदा आफूहरु भारी बोकेर उकालो ओरालो गर्नु परेको समस्या सुनाउँदै  त्यहाँ मोटरबाटोको सुविधा माग गरेका थिए ।

तत्कालीन गुल्मी क्षेत्र नम्बर ३ बाट संविधानसभाको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका चन्द्रबहादुर थापा (सागर) को चुुनावी प्रचारमा पुुगेका माओवादी नेता खुमबहादुर थापाले उक्त माग पूरा गर्ने आश्वासन दिएका थिए । तर जम्मा ३ किलोमिटर मोटरबाटोको ट्रयाक खोल्नमात्रै १३ वर्ष लागेको छ ।

‘१३ वर्षपछि बिहीबारमात्रै डाँडाथोक पाउँखोला तीन किलोमिटर मोटरबाटोको ट्रयाक खोलेर सकिएकोमा हामी डाँडाथोकवासी असाध्यै खुशी छौं,’ उक्त सडकको उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बगालेले भने ।

उनका अनुसार २०६४ सालको निर्वाचनपछि केन्द्रबाट सुरुमा दुई लाख र पछि ६ लाख रुपैयाँ विनियोजन गरी उदिनढुुङ्गादेखि थदाङ्गतर्फ मोटरबाटो खनियो । २०६५ साल पछि माओवादी नेता खुुमबहादुर थापाले एक पटक ६ लाख र अर्को वर्ष ७ लाख रकम केन्द्रबाट पारेर डाँडाथोक पाउँखोला मोटरबाटो खन्न सुरु गरिएको उनले बताए ।

स्थानीय तहको निर्वाचनपछि मुसिकोट नगरपालिकाले पहिलो वर्ष ५ लाख, दोस्रो वर्ष ५ लाख रकम विनियोजन गरेको थियो । तर दोस्रो वर्षको ५ लाख रुपैयाँ बेलैमा काम गर्न नसकेर फ्रिज भयो । गत आर्थिक वर्षमा मुुसिकोट नगरपालिकाले ५ लाख र प्रदेश सरकारबाट उनै माओवादी नेता थापाको पहलमा १० लाख रुपैयाँ पारिएपछि तीन किलोमोटर सडकको ट्रयाक खोल्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष बगालेको भनाइ छ ।

उनका अनुुसार मोटरबाटो खुुलेपछि डाँडाथोक, थदाङ्ग, हलोगाडे, उपल्लो दजाकोटसहित करिव ४ सय घरधुरी लाभान्वित हुनेछन् । मोटरबाटोको ट्रयाक खुलेपछि स्थानीयवासी भेला भएर खुशी मनाउँदै तस्बिर खिचाएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप