लागुऔषधसहित एक जना पक्राउ
शनिबार, १२ चैत २०७८, ०९ : ५२

बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन् ।
सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना७ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन एक हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको थियो । पक्राउ परेका मङ्गललाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन
-
दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
-
काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
-
लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने