राजनीतिक दलले सञ्चालक समिति बाँडफाँट नगर्दा अधिवेशन अलपत्र
सबै ठीकठाक हुँदो हो त सन्धिखर्क बजार आज झकिझकाउ हुने थियो । बजारमा बेग्लै उत्साह अनि उमंग हुने थियो । सन्धिखर्क बजारका करिव २० हजार जनतालाई पिउने पानी उपलब्ध गराउने सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाको शनिबार हुने भनिएको साधारण सभा तथा अधिवेशन राजनितिक दलले नेतृत्व नटुंग्याई दिँदा अलपत्र परेको हो ।
गत १९ माघमा बसेको सञ्चालक समितिको बैठकले संस्थाको अधिवेशन चैत १२ गतेका दिन भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको भएपनि राजनितिक दलहरुले नेतृत्व बाँडफाँटमा समय नदिएपछि अधिवेशन अलपत्र परेको अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले बताए । ‘म त हाल बुटवल छु, धेरै बुझ्न पाएको छैन , अध्यक्ष श्रेष्ठले भने, ‘अधिवेशन त हुन्छ होला आज सर्वदलीय बैठक बस्दैछ भन्ने सुनेको छु ।’
दलीय बाँडफाँट नमिलेका कारण अधिवेशन अनिश्चित भएको सचिव कमलप्रसाद घिमिरेले संकेत गरे । अधिवेशनको लागि आफुहरु तयारी अवस्थामा रहेको संस्थाका कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण