लुम्बिनी प्रदेशको गुरु योजना निर्धारित समयमा सम्पन्न
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको गुरु योजना निर्माण समयमै भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलमा भएको राजधानीको गुरुयोजना हस्तान्तरण र जग्गा अधिकरण कार्यविधि ग्रहण गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी नमूना योग्य बनाउने गरी गुरु योजना बनाएको दावी गरेका हुन् ।
उनले यसलाई प्रदेशवासीको चित्त बुझिने गरी काम गरिने प्रतिवद्धता व्यक्त गरे । उनले गुरुयोजना समयमा नै निर्माण गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा अझै छिटो काम गर्न निर्देशन दिएका छन् । दाङको राप्ती गाउँपालिका, गढुवा गाउँपालिका सितगंगा लगायतको भूगोलमा राजधानीको प्रशासनिक केन्द्र, शैक्षिक, स्वास्थ्य, औद्योगिक, खेलकुद, यातायात, व्यापारिक, उत्पादन, धार्मिक तथा बाल उद्यायन लगायतको विकास गर्नका लागि गुरु योजना निर्माण गएिको छ ।
प्रदेशको राजधानीमा भवन, पार्किङ, सञ्चार, होटेल समेत पनि गुरुयोजनामा समेटिएको छ । गत मंसिर १६ गते भएको लुम्बिनी प्रदेशको मन्त्री परिषद्को बैठकले मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा गुरु योजना निमार्ण गर्न समिति बनाएको थियो । पदम बैद्धिक, किशोर थापा, कोष नारायण अधिकारी लगायतको विज्ञको टोलीले जग्गा अधिकरणको कार्यलाई पूर्णता दिइएको छ ।
प्रदेश सरकारले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगाहमा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाई कार्यान्वयनमा लग्नुपर्ने छ । मुख्य न्यायाधिवक्ताले जग्गा अधिकरण कार्यविधि र पूर्वाधार निर्माण प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजधानीको गुरु योजना मुख्यमन्त्री केसीलाई बुझाएका थिए । अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गरेर कार्यन्वयन गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण