शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?

सोमबार, १४ चैत २०७८, १२ : १३
सोमबार, १४ चैत २०७८

पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् ।

यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ । १ वैशाखमा प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको यो फिल्म साउथ फिल्म ‘केजीएफ २’ को कारण मारमा पर्ने देखिएको हो । १ वैशाखमै आउन लागेको ‘केजीएफ २’ साउथ स्टार यश अभिनित फिल्म हो । प्रशान्त निल निर्देशित फिल्मले आइतबार ट्रेलर सार्वजनिक गरेको थियो । फिल्ममा यश, संजय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका रहेको छ ।

‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशन रहेको फिल्म हो । ‘केजीएफ-२’का कारण फिल्मको रिलिज मिति सर्न सक्ने र सार्नु पर्ने चर्चा चलचित्र क्षेत्रमा हुन थालेको छ । निर्देशक झरना थापा भने फिल्म रिलिज मिति नसार्ने बताउँछिन् । ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारको अभिनय छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप