मेयर अख्तियारको फन्दामा परेपछि उपमेयरलाई कार्यकारी अधिकार
रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर परनियादेवी पटेललाई दिइएको छ । नगरपालिकामा मेयरमा निर्वाचित धर्मेन्द्र पटेल अख्तियारको फन्दामा परेर निलम्बित रहेकाले उपमेयर पटेललाई प्रमुखको जिम्मेवारी दिइएको हो ।
देवाही गोनाही नगरपालिकाका निलम्बित मेयर धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगी सहित २३ औं दिन धरौटीमा रिहा भएका थिए । विशेष अदालतले गत ७ गते सोमबार ४ लाख रुपैयाँ धरौटीमा मेयर पटेल र उनका सहयोगी अशोक पटेललाई रिहा गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेल विरुद्ध भ्रष्टाचारको कसुरमा गत ६ गते आइतबार विशेषमा अदालतमा मुद्धा दर्ता गरेको थियो । तर पटेलको मुद्दाको किनारा नलागेकाले उनी निलम्बनमै छन् ।
मेयर धर्मेन्द्र पटेल,सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरि ४ जनालाई फागुन १५ गते हेटौँडाबाट गएको अख्तियारको टोलीले दुईलाख ५० हजार नगद र त्यतिकैको चेक सहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघिनै छुटिसकेका थिए ।
अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका थिए । मेयर पटेल तथा उनका पक्षधरहरुले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण