देउवाले भने– गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, पहिला धेरै साथीहरुले हारेको हैन ?
सोमबार, १४ चैत २०७८, १५ : ४७

काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावका गठबन्धन गर्नुको विकल्प नरहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताएका हुन् ।
कतिपय नेताले काँग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवाले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको बताए । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार। गठबन्धन नगरेर हुन्छ ?’, देउवाले भने, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ भन्या । ए बाबा पहिला धेरै साथीहरू हारेका हैनन् र ?’
उनले पुरानो कुरा बिर्सेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘ मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि। पुराना कुरा सम्झेर हुन्छ ?’, उनले भने, ‘ त्यसकारण गठबन्धन गरेर जानु जाऔँ।’
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलिकमको बिलिङ ठेक्कामा अर्यालसहित २३ जनालाई यसकारण चलाइएन मुद्दा
-
नेपाल लिकर्स प्रालिले ४६औं वार्षिकोत्सव मनायो
-
मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो : प्रधानमन्त्री
-
कालीगण्डकी डाइभर्सन हुन सक्दैन: मुख्यमन्त्री पाण्डे
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ