भक्तपुरमा १ लाख ९० हजार मतदाता, ५ जना तेस्रो लिङ्गी
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ । स्थानीय निर्वाचनको लागि भक्तपुरमा पुरुष ९२ हजार २ सय ६५, महिला ९७ हजार ३ सय १४ अन्य ५ जना मतदाता गरेर कुल मतदाताको संख्या १ लाख ८९ हजार ५ सय ८४ जना रहेको छ ।
जसमा चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष र २२ हजार ७ जना महिला गरेर ४३ हजार १ सय ५ मतदाता रहेका छन् । यो नगरपालिकामा २१ मतदान स्थल र ५३ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिम बिसीले जानकारी दिए । भक्तपुर नगरपालिकामा २७ हजार ६ सय ५६ पुरुष र २९ हजार ६ सय १४ महिला मतदाता गरेर ५७ हजार २ सय ७० मतदाता छन् । यहाँ मतदान स्थलको संख्या १६ र मतदान केन्द्रको संख्या ६२ वटा रहेको छ ।
मध्यपुर थिमि नगरपालिका २० हजार ५ सय ३१ पुरुष, २१ हजार ३ सय ८ महिला साथै अन्य ३ जना मतदाता ४१ हजार ८ सय ४२ मतदाता रहेका छन् । मध्यपुरथिमिमा १७ मतदान स्थल र ४६ मतदान केन्द्र हुनेछ ।
निर्वाचन कार्यालय भक्तपुरका सूचना बिसीेका अनुसार सूर्यविनायक नगरपालिकामा २२ हजार ९ सय ० पुरुष २४ हजार ३ सय ८५ महिला र अन्य २ जना गरेर ४७ हजार ३ सय ६७ मतदाता रहेको छ । यस नगरपालिकामा २३ मतदान स्थल र ५ मतदान केन्द्र रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण