दमक गोल्डकपको फाइनलमा मनाङ
मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १-० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो ।
मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९औं मिनेटमा गोल गरेका थिए । ओलावलेले गरेको गोल नै निर्णायक भयो ।
खेलमा मनाङले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानेभञ्ज्याङले खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । मंगलबारको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भए । उनले नगद दश हजार पुरस्कार पाए । म्यान अफ द म्याजको प्रायोजन इर्क स्पोर्टस् वेर दमकले गरेको हो ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबार विजयी हुने टिमले फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण