दर्शक बढेपछि लम्बियो ‘मीतज्यू’ मञ्चन
दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मीतज्यू’ मञ्चन दिन थप गरिएको छ । थापागाउँमा रहेको मण्डला थियटरमा गत ८ देखि १३ गतेसम्म अर्थात ६ दिनका लागि भनेर मञ्चन सुरु भएको नाटक दर्शक बढेका कारण फेरि ६ दिन थप गरेर शनिबार (१९ गते)सम्म पुर्याइएको हो ।
‘हामीले ६ दिनका लागि भनेर मञ्चन थालेका थियौ । दर्शकको चाप र डिमान्डका कारण केही दिन थप गरेका छौ’ कलाकार विजय बरालले भने ‘हामीले सोचेभन्दा धेरै दर्शक नाटकले पाइरहेको छ ।’ नाटकमा दिन प्रतिदिन दर्शकको चाप बढ्दो रहेको समेत बरालले सुनाए ।
सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने नाटक यस अगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । हरेक पटक राम्रो दर्शक पाउन सफल नाटकमा सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय छ ।
नाटक हरेक दिन ५ बजे र शुक्रबार र शनिबार १ बजे समेत मञ्चन हुनेछ । अनामनगरमा रहेको मण्डला थियटर केही अगाडि मात्र थापागाउँमा आफ्नै भवनमा सरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण