शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दर्शक बढेपछि लम्बियो ‘मीतज्यू’ मञ्चन

मङ्गलबार, १५ चैत २०७८, १९ : ४३
मङ्गलबार, १५ चैत २०७८

दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मीतज्यू’ मञ्चन दिन थप गरिएको छ । थापागाउँमा रहेको मण्डला थियटरमा गत ८ देखि १३ गतेसम्म अर्थात ६ दिनका लागि भनेर मञ्चन सुरु भएको नाटक दर्शक बढेका कारण फेरि ६ दिन थप गरेर शनिबार (१९ गते)सम्म पुर्याइएको हो ।

‘हामीले ६ दिनका लागि भनेर मञ्चन थालेका थियौ । दर्शकको चाप र डिमान्डका कारण केही दिन थप गरेका छौ’ कलाकार विजय बरालले भने ‘हामीले सोचेभन्दा धेरै दर्शक नाटकले पाइरहेको छ ।’ नाटकमा दिन प्रतिदिन दर्शकको चाप बढ्दो रहेको समेत बरालले सुनाए ।

सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने नाटक यस अगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । हरेक पटक राम्रो दर्शक पाउन सफल नाटकमा सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय छ । 
नाटक हरेक दिन ५ बजे र शुक्रबार र शनिबार १ बजे समेत मञ्चन हुनेछ । अनामनगरमा रहेको मण्डला थियटर  केही अगाडि मात्र थापागाउँमा आफ्नै भवनमा सरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप