ट्याङ्कर व्यवसायीको आन्दोलन फिर्ता
बुधबार, १६ चैत २०७८, १७ : ०४
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायीले घोषणा गरेको आन्दोलन तत्कालको लागि फिर्ता गरेको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै व्यवसायीले यसअघि गर्ने भनिएको आन्दोलन तत्कालको लागि फिर्ता गरेर नियमित काममा फर्किने जनाएको हो ।
अध्यक्ष राकेश कुमार कसौधनले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, नेपाल आयल निगम तथा व्यवसायीबीच वार्तामा पटक पटक वार्ता भएपनि सहमति हुन नसकेको जनाएका छन् । तर, सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दोलन तत्कालको लागि फिर्ता लिएर नियमित काममा फर्किने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण