बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशलाई हात थाप्ने होइन समृद्ध बनाउनु पर्छ : अध्यक्ष तिमिल्सेना

बिहीबार, १७ चैत २०७८, २० : १५
बिहीबार, १७ चैत २०७८

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश भएर पनि गरिब हुनुनपर्ने बताएका छन् । उनले देशलाई सधैँ हात थाप्ने मात्र होइन अब विकसित र समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए । 

पाल्पाको तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उनले नेपाली गरिब हुनुका कारण प्रत्येक जनताले उत्तर नेतासँग खोज्नुपर्ने बताए । उनले नेपाल गरिब हुनुमा हामीले राणा, राजा निरङ्कुशता र बहुदललाई दोष दिएको चर्चा गर्दै देशमा जननिर्वाचित प्रतिनिधिबाट संविधान निर्माणपछि विकास समृद्धिको अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए  । 

नेपालमा प्रशस्त रोजगारीका अवसर सिर्जना गरी गरिबीको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो । नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने कला र संस्कृति प्रशस्त भएको बताए । उनले नेपाल कला संस्कृति, जातजाति भाषाभाषीको अध्ययन गर्ने खुला विश्वविद्यालय रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप