विराटनगरमा प्रदेश १ स्तरीय वाङ्मय सङ्गोष्ठी सुरु
विराटनगरमा दुई दिने प्रदेश १ स्तरीय बृहत् वाङ्‍मय सङ्गोष्ठी–२०७८ सुरु भएको छ । प्रदेश सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल प्रज्ञा–प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित गोष्ठीमा प्रदेश १ का १४ जिल्लाका साहित्यकारहरू सहभागी छन् । गोष्ठी दुई दिनसम्म चल्नेछ । गोष्ठीमा विभिन्न ६ विधामा कार्यपत्र प्रस्तुत हुनेछ ।
प्रस्तुत हुने कार्यपत्रहरुमा प्रा.डा.टेकबहादुर श्रेष्ठले नेपालको इतिहासका परिप्रेक्ष्यमा प्रदेश नम्बर १ को वैशिष्ट्यबारे, शिवनारायण पण्डित ‘सिंगल’द्वारा प्रदेश १ को मैथिल जीवन दर्शनबारे, साहित्यकार दधिराज सुवेदीले प्रदेश १ मा नेपाली समालोचनाको स्थितिबारे, प्रा.डा.सोमप्रसाद खतिवडाले कोशी प्रसवण क्षेत्रका सांस्कृतिक सम्पदाबारे, मधुराज केरुङले किराँत जनजीवन र लोकसाहित्यबारे र डाक्टर तारामणि राईले प्रदेश १ मा बोलिने मातृभाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
गोष्ठीको अवसरमा गजल सन्ध्या, विशेष कवि गोष्ठी तथा स्थानीय सांस्कृतिक झाँकीहरूको विशेष प्रस्तुति पनि हुने आयोजक संस्था विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण