मोरङमा गठबन्धन चार दलको बैठक : सहमति गरेर चुनावमा जाने विषयमा छलफल
नेपाली कांग्रेसको केन्द्रीय समितिले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेसँगै मोरङमा पनि छलफल सुरु भएको छ । मोरङमा रहेका गठबन्धन दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आज विराटनगरस्थित होटल स्टर्न स्टारमा छलफल भएको हो ।
छलफलमा माथिको निर्णयलाई कसरी कार्यान्वयन गरेर जाने भन्ने विषयमा प्रारम्भिक छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले जानकारी दिए । बैठकमा कांग्रेसका तर्फबाट मोरङ सभापति डिकबहादुर लिम्बू, माओवादीबाट मोरङ संयोजक विजय विश्वास, सचिव प्रकाश पौडेल, नेकपा एकीकृत समाजवादीका तर्फबाट रेग्मीसहित मोरङका अध्यक्ष चन्द्रवीर राई तथा जनता समाजवादीका तर्फबाट मोरङका अध्यक्ष राजकुमार यादवलगायतको उपस्थिति थियो ।
‘बैठकले छिट्टै अर्को बैठक बस्ने र सहमति गरेर निर्वाचनमा जाने विषयमा छलफल भएको छ,’ नेकपा एकीकृत समाजवादीका नेता रेग्मीले भने, ‘मोरङमा चार दलीय गठबन्धन हुने निश्चित भयो ।’ छलफल झण्डै २ घण्टा चलेको थियो । बैठकमा बोल्ने दलका नेताहरुले गठबन्धन गर्ने विषयमा आ–आफ्ना पार्टीभित्र पनि छलफल गर्ने र सहमतिका साथ आउनुपर्ने बताएका थिए । बैठक अनौपचारिक भएको र सामान्य छलफल भएको सहभागीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण