पञ्चेश्वर परियोजना नेपाल–भारतका लागि ‘गेमचेन्जर’ परियोजना हुन्छ : प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच सम्बन्ध बलियो बनाउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठुलो भूमिकाले रहेको बताएका छन् । प्रधानमन्त्री देउवाको प्रधानमन्त्रीको रूपमा यो पाँचौँ भारत भ्रमण रहेको बताउँदै उनले यो भ्रमणले दुई देशको बीचको सम्बन्धलाई झन् बलियो बनाउने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीच फरकखालको सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल–भारतबीच आर्थिक, सांस्कृतिक, सामाजिक सबै खालको सम्बन्ध रहेको बताए । नेपालको शान्ति, प्रगति र विकासका लागि भारत हरहमेसा साथमा रहेको बताउँदै उनले नेपालको विकासका लागि भारत हरहमेसा साथ रहने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री देउवासँग विभिन्न विषयमा छलफल भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देशको बीचमा भइरहेको विभिन्न कामको समीक्षा भएको बताए । उनले विद्युत् क्षेत्रमा पनि दुई देशको बीचमा सहयोग आदान प्रदान हुने जानकारी दिए । उनले भने, 'नेपालले आफ्नो विद्युत् भारतलाई निर्यात गरिरहेको छ, यसले दुवै देशलाई फाइला भइरहेको छ ।' उनले विद्युत् निर्यातले नेपाललाई आर्थिक रूपले फाइदा हुने धारणा राखे ।
पञ्चेश्वर परियोजनाका लागि पनि प्रधानमन्त्री देउवासँग छलफल भएको बताउँदै उनले यो परियोजना नेपाल भारतका लागि ‘गेमचेन्जर’ परियोजना हुने दावी गरे । क्रस बोर्डर कनेक्टीभिडीको बारेमा पनि दुई देशको प्रधानमन्त्रीबीच छलफल भएको बताउँदै प्रधानमन्त्री मोदीले जयनगर–कुर्था रेल सेवा पनि त्यसैको एउटा सुरुवात रहेको बताए । नेपाल पुलिस एकेडेमी, रामायण सर्किटलगायतका क्षेत्रमा पनि काम भइरहेको प्रधानमन्त्री मोदीको भनाइ थियो । उनले दुवै देशका सुरक्षा संयन्त्रलाई दुवै देशको शान्ति सुरक्षाका लागि काम गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण