बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘जनताको अधिकारका लागि लड्ने माओवादीमात्रै’

शनिबार, १९ चैत २०७८, २१ : ०६
शनिबार, १९ चैत २०७८

नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जनताको अधिकारका लागि लड्ने पार्टी नै माओवादी केन्द्र भएका बताएका छन् । उनले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीसँग अन्य पार्टीहरुले गठबन्धन गर्न चाहे पछि नहट्ने तर गठबन्धन नभएपनि पार्टी एक्लै निर्वाचनमा जान तयार रहेको पनि बताए । जनताको पक्षमा माओवादी रहेकाले पार्टीप्रति आकर्षण रहेको उनको दावी छ । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा शनिबार भएको निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी  २३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । आजकै मितिदेखि बुटवल उपनगरपालिकाका १९ वटै वडामा निर्वाचन प्रचारप्रसार कार्यालय खोलिने नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप