शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटलमा छुट

आइतबार, २० चैत २०७८, १६ : ३८
आइतबार, २० चैत २०७८

बैंक अफ काठमाण्डू लिमिटेड र पोखरास्थित होटल एडमबीच ग्राहकलाई छुट दिनेगरी सम्झौता भएको छ ।  सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

 यस सम्झौता पश्चात् ग्राहकहरुले होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप