लुम्बिनीको सहकारी दर्ता कार्यालय दाङमा
लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसरमा आइतबार एक कार्यक्रम गरी राप्ती गाउँपालिकाको मौरीघाटमा उक्त कार्यालय स्थापना गरिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमन लगायतका कार्य गर्न कार्यलय स्थापना गरिएको बताउँदै यसअघि मन्त्रालयले नै गर्दै आएको काम यहि कार्यालयबाट हुने बताए । केन्द्र सरकारले केन्द्रीय स्तर, प्रदेशले प्रदेश स्तरका र स्थानीय तहले स्थानीय स्तरका सहकारी संस्थाहरूलाई हेरिरहेको मन्त्री खड्काले बताए ।
अझै पनि सहकारी व्यवस्थित हुन नसकेको भन्दै त्यसलाई व्यवस्थित गर्न उक्त कार्यालयको भूमिका महत्वपूर्ण हुने र सहकारी लाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउनुपर्ने बताए । सोहि कार्यक्रममा बोल्दै प्रदेशको बर्खे अधिवेशन दाङबाटै सञ्चालन गर्ने तयारी भइरहेको र छिट्टै प्रदेशस्तरीय कार्यालय देउखुरी सार्ने तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण