बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ओली कम्युनिष्ट होइनन्, दक्षिणपन्थी हुन् : नेता खनाल

सोमबार, २१ चैत २०७८, १८ : २६
सोमबार, २१ चैत २०७८

नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री  झलनाथ खनालले  एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएको आरोप लगाएका छन् ।  आइतबार दाङ्गको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले त्यस्तो आरोप लगाएका हुन् । 
 
ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको आरोप लगाउँदै  खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए । त्यसैले   हामीले विद्रोह गर्नु परेको हो  ।’

उनले ओलीले नजिकिँदै गरेको स्थानीय तहको चुनावमा राप्रपा, सिके राउत, लोसपालगायत दक्षिणपन्थी शक्तिसँग तालमेल गरेर अघि बढ्न खोजेको टिप्पणी समेत गरे । त्यसका लागि ओलीले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा वार्ता अघि बढाएको नेता खनालको भनाइ थियो  ।
 
 दुई दुई पटक संसद विघटन जस्ता संविधान विरोधी कार्य गर्दै ओली नेपालको कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो वैचारिक बाधकका  रुपमा खडा भएको नेता खनालको आरोप थियो ।

उनले पाँच दलीय गठबन्धनका रुपमा स्थानीय निर्वाचन अघि बढ्दै ओलीलाई पराजित गरी दक्षिणपन्थी अवसरवाद खतराको अन्त्य गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप