माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिएकै बेला धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गरेका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् ।
उपमेयर मण्डलले माओवादीका नेताहरुले वास्ता नगरेपछि बाध्य भएर एमालेमा प्रवेश गरेको बताइन् ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादव समेत एमालेमा प्रवेश गरेका छन् । कर्ण स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम वडा नम्बरका उम्मेदवार थिए । उनी काँग्रेसका निर्वाचित वडा अध्यक्ष मिथिलेश कर्णसंग झिनो मतले पराजित भएका थिए ।
सो पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री समेत रहेका एमाले सचिव रघुवीर महासेठ, पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो, एमाले धनुषाका ईन्चार्ज रामचन्द्र मण्डल, नेतृ प्रतीक्षा तिवारी, धनुषा एमालेका अध्यक्ष राजकिशोर यादवलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण