चीनले दियो अमेरिकालाई धम्की : नेन्सी ताइवान गइन् भने गम्भीर नतिजा भोग्नुपर्ने
चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी दिएको छ । मिडियामा नेन्सी पलोसी ताइवानको यात्रा गर्न लागेको खबर आइरहेको छ ।
चीनमा विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ ।
चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा ठान्छ जबकी ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ र त्यहाँ जनताले छानेको सरकार पनि छ । जाओ लिजियानले भने, ‘यदि नेन्सी पेलोसीले ताइवानको यात्रा गरिन् भने यसको नतिजा अमेरिकाले भोग्नुपर्नेछ । ’
China warns of strong measures if U.S. Speaker Pelosi visits Taiwan https://t.co/SUgzfOnP8v pic.twitter.com/wuRmGDIlIR
— Reuters (@Reuters) April 7, 2022
यद्यपि, उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । सन् १९९७ मा अन्तिम पटक अमेरिकी संसदका कुनै सभामुखले ताइवानको यात्रा गरेका थिए । नेन्सी पलोसी चीनको कडा आलोचक हुन् र थुप्रै मौकामा उनले मानवाधिकार उल्लंघनको आरोप लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण