मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
पूर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीबार राति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, एक जना गम्भीर घाइते भएका छन् । तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादवको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।
तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामजनमको राति पौने एक बजे मृत्यु भएको डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण