रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन
मानव अधिकार तथा शान्ति समाजले विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन गरेको छ । समाजले बिहीबार शान्तिको आह्वान गर्दै दीप प्रज्वलन गरेको हो । यसअघि चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै समाजले दिप प्रज्वलन गरेको थियो ।
त्यस्तै समाजले २० जिल्लामा हिमालय बचाऔँ आन्दोलन अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ । चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन भएको हो । यस अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, वाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरि २० जिल्लाका २२ स्थानमा दर्जनौ सभा सम्पन्न भएको समाजले जनाएको छ ।
अभियानको विभिन्न चरणमा शान्ति समाजका संस्थापक सभापति, सभापति, सल्लाहकारहरु र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण