अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते
शुक्रबार, २५ चैत २०७८, १५ : ५७
शुक्रबार दिउँसो अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन । अर्खापा बसमा सवार २८ जनामध्ये करिव १० जना घाइते भएका प्रहरीले जनाएको छ ।
अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी थम्मन थापा क्षेत्रका अनुसार प्युठानको स्वर्गद्धारी दर्शन गरी सुपादेउराली हुँदै पोखरा जान लागेको ग २ ६०८० नम्वरको बस सन्धिखर्क नगरपालिका – २ भलाडाडा नजिकै कुनोमा ठोक्कीएको हो ।
घाइतेमध्ये धेरैको अवस्था सामन्य रहेको कसैको खुट्टामा चोट लागेको बताउँदै डिएसपी थापा क्षेत्रीले घाइतेका कोही पनि आफन्तजन आत्तिनु पर्ने अवस्था नरहेको र उनीहरुको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण