एमाले गुल्मीका वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश
नेकपा एमाले गुल्मीमा धक्का लागेको छ । एमालेमा जिल्ला कमिटी सचिवालय सदस्यदेखि वडाध्यक्ष शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश भएको हो ।
एमाले जिल्ला कमिटीका सचिवालय सदस्यद्धयः कर्णध्वज जिसी, हरि प्रसाद छन्त्याल, मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा कमिटी अध्यक्ष मदनदिप घिमिरेसहित एकीकृत समाजवादीमा प्रवेश भएको पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए । जिसी वडा नम्वर ३ का वडाध्यक्ष पनि हुन् । छन्त्याल मुसिकोट नगरकाकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हुन ।
यी दुई नेता साविक बडागाउँ गाविसमा एमालेका खम्बा नेता हुन । जिसीले दुई पटकसम्म एमालेको तर्फबाट साबिक बडागाउँ गाविसको उपाध्यक्ष जितेका थिए भने दोश्रो कार्यकालमा कार्यबाहक गाविस अध्यक्ष भएर जिल्लाको संगठन मजबुद बनाएका थिए । छन्त्याल लामो समयसम्म प्रधानाध्यापक रहेका थिए । गत स्थानीय तहको निर्वाचनमा उनी राजीनामा दिई जनप्रतिनिधि भएका थिए । एकीकृत समाजवादीमा प्रदेश गर्नेलाई पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज भागवत विश्वासले फूलमाला तथा अवीरले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण