बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीका कलाकार तेजु अर्यालले छाडे एमाले

शुक्रबार, २५ चैत २०७८, १८ : १३
शुक्रबार, २५ चैत २०७८

रुपन्देहीको देवदह निवासी कलाकार तेजु अर्याल नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०४६ सालदेखि   एमालेमा सक्रिय रहेका उनी एमालेमा योगदान र क्षमताको कदर हुन नसकेको भन्दै काँग्रेसमा प्रवेश गरेको बताएका हुन् ।

उनलाई शुक्रबार काँग्रेसका नेता अब्दुल रज्जक , रामकृष्ण खाड र हिराबहादुर केसि पार्टीमा स्वागत गरेका थिए । दुई दर्जन बढी गीतहरूमा स्वर दिएका र ५० भन्दा बढी गीतहरूमा आफ्नो कला पस्केका अर्यालले राष्ट्रिय कलाकारको छवि बनाइ सकेका छन् । गत स्थानिय तहको निर्वाचनमा एमालेको चुनावी सभालाई मनोरञ्जन दिने अर्यालले यसपालि गठबन्धनको चुनावी सभामा आफ्नो कला पस्किने भएका छन् ।

उनले आफ्नो फेसबुकमा पनि एमाले छाडेर काँग्रेसमा प्रवेश गरेको जानकारी दिँदै देवदह बासीको साथमा रहिरहने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप