उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।
“अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी र व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ ।” खाणले भने, “अर्थतन्त्रलाई महोत्सवले गति निर्माण गर्नेछ ।” उनले विकास निर्माणका काममा उद्योगी र व्यवसायीको निरन्तर सहयोग भइरहेको बताए ।
गृहमन्त्री खाणले सबै नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुने स्पष्ट पारे । निर्वाचन वैशाख ३० मै हुनेमा सबै विश्वस्त हुन आग्रह गर्दै उनले निर्वाचनमा सबै दललाई सहभागी हुन अनुरोध गरे ।
विकास निर्माणका कामले जनताको पनि उन्नति र प्रगति हुने भएकोले राजनीतिक स्थायित्वका लागि सबै दल उत्साहजनक रुपले स्थानीय तहको निर्वाचनमा लाग्नुपर्ने खाणले बताए । उनले निर्वाचनपछि जनप्रतिनिधिले पनि उत्साहित हुदै काम गर्न निर्देशन दिए । गुल्मीमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक औद्योगिक व्यापार मेला संचालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण