लुम्बिनी बाणिज्य क्याम्पसलाई ३० बिगाहा जग्गा
बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसलाई विश्वविद्यालय बनाउन थालिएको पहल सुरु भएको छ । यसका लागि आवश्यक पर्ने ३० बिगाहा जग्गाको जोहो बुटवल उपमहानगरपालिका–१२ मा भएको छ । जिल्लास्तरीय प्रशासनिक कार्यालयको समन्वयमा बुटवलले सार्वजनिक महत्व र सरोकारका संरचना निर्माणका लागि बुटवल १२ मा जग्गा प्रदान गरिएको मेयर शिवराज सुवेदीले बताए ।
बुटवलले अतिक्रमण भएका जग्गा फिर्ता ल्याउँदै खेर गएका जग्गाको संरक्षण गरि सार्वजनिक महत्वका संरचना निर्माणका लागि जग्गा सिफारिस गरेको वडा नं. १२ का अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता समूह र लुम्बिनी वाणिज्य क्याम्पसका बीचमा जग्गाको उपभोगका सम्बन्धमा १० बुँदे सहमति भएको छ ।
सहमती पत्रमा हस्ताक्षर गर्दै चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओमप्रकाश ठाकुरले आफ्नै आँगनमा विश्वविद्यालय स्थापना हुने भएपछि आफुहरु खुशी भएको भन्दै यथाशिघ्र सो क्षेत्रमा विभिन्न विषयका कक्षाहरू सञ्चालन गर्न माग गरे ।
सहमती पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं लुम्बिनी वाणिज्य क्याम्पस, सञ्चालक समिति अध्यक्ष मोतीलाल पाण्डेले लामो प्रयास एउटा निचोडमा पुगेको बताए ।
लुम्बिनी वाणिज्य क्याम्पस संचालक समिति उपाध्यक्ष तथा जग्गा व्यवस्थापन उप–समितिका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले जग्गा प्राप्तीको पहिलो खुड्किलो पार भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण