काँग्रेस पाल्पाले थाल्यो चुनावी घोषणा पत्रको तयारी
नेपाली काँग्रेस पाल्पाले नेताहरुलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । काँग्रेस जिल्ला कार्यसमितिको बैठकले विधान २०१७ अनुसार सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समितिसहित विभिन्न समिति निर्माण गरेको पार्टीले जनाएको हो ।
सभापति श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय जिल्ला संसदीय समिति, उपसभापति ज्ञानबहादुर गाहाको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति, उप सभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सचिव सुनिता अधिकारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन, सन्तोष कुमार थापाको संयोजकत्वमा ९ सदस्यीय सूचना तथा सञ्चार समिति, कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ ।
काँग्रेस पाल्पाले पुरुषोत्तम अर्यालको संयोजकत्वमा अनुशासन समिति, विधान प्रसाद श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय घोषणा पत्र तयारी समिति निर्माण गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण