दाङ्ग गठबन्धनको प्रतिवेदन : एमालेलाई क्लिनस्विप गर्छौं
दाङ्ग जिल्लाका सत्ता गठबन्धनले तयार गरी केन्द्रमा पठाएको संयुक्त प्रतिवेदनमा गठबन्धनले संयुक्त उमेदवार बनाउन सके जिल्लाका सवै पालिकामा एमालेलाई क्लिनस्विप पार्ने उल्लेख गरिएको छ । नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगी, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुबाश पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले तयार गरी केन्द्रमा पठाएको प्रतिवेदनमा एमाले क्लिनस्विप पार्ने उल्लेख गरिएको हो ।
उक्त प्रतिवेदनमा गठबन्धन अनुसार साझा उम्मेदवार छनौट गर्न सके जिल्लाका १० वटै पालिका प्रमुख र उपप्रमुख मात्र नभई सवै वडाहरूमा समेत जित्ने दावी गरिएको छ । केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रुपमा छलफल गरी वस्तुस्थितिको विवरण पठाइएको काँग्रेस जिल्ला सभापति डाँगीले बताए।
सभापति डाँगीले दाङ काँग्रेसको उर्वर भूमि भएको दाबी गर्दै एक्लै उभिए पनि जित्ने ठाउँमा गठबन्धन भए जिल्ला क्लिनस्वीप हुने दाबी गरे । तर, उम्मेदवारको हकमा केन्द्रमा पाँच दलीय गठन्धनको रणनीति बनेपछि मात्रै दाङमा पनि त्यही अनुरुप छलफल हुने सभापति डाँगीले बताए ।
दाङ एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, काँग्रेसका नेता दीपक गिरी लगायतका चर्चित नेताहरुको जिल्ला हो । यसअघिको प्रदेश र संघीय निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्वर २ मा तालमेल गरी मिलेर उम्मेदवारी दिएका पूर्व सभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेल यतिखेर आमने-सामने रहेका कारण जिल्लाको निर्वाचन निकै रोचक बन्ने पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण