एमालेले भूमिकास्थानको मेयरमा थापालाई उम्मेदवार बनाउने
आइतबार, २७ चैत २०७८, १९ : २६
नेकपा एमालेले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा रेसम थापालाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेलबाट पहिलो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका थापा नेकपा विभाजनपछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा क्रियाशील छन् ।
उपप्रमुखमा निर्णय भएकी पौडेल भने नेकपा एमाले नगर कमिटीका अध्यक्ष मणि पौडेलकी श्रीमती हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण