ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
सोमबार, २८ चैत २०७८, १२ : ००
दाङको घोराही उपमहानगरपालिका–७ नाग डाँडामा रोकी राखेको ट्रयाक्टरमा आइतबार राति तीनजना सवार मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै घोराही उपमहानगरपालिका–१६ बयर डाँडाका २२ वर्षीय निसान्त चौधरी रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय सीताराम चौधरीको सोही अस्पतालमा र २१ वर्षीय सागर चौधरीको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
धर्नाबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ५१८५ नम्बरको मोटरसाइकल रा १ त ४६७८ नम्बरको ट्रयाक्टरको पछाडि गएराती साढे ११ बजे ठोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण