लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बाँके, दाङ र प्युठानमा आइतबार र सोमबार भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बीपी चोकमा आइतबार राती प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना इद्रिसी, सोही स्थान बस्ने अस्लाम अन्सारीका ५ वर्षीय छोरा अली अन्सारी र ५ वर्षीय कलिम इद्रिसीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिका–७ नाग डाँडामा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रा.५ प ५१८५ नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका–१६ बयरडाँडा बस्ने २२ वर्षीय निशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा घाइते भएका अन्य २ जनाको उपचार भइरहेको छ ।
यता प्यूठान नगरपालिका–४ बिजुवारमा रा.१ क ८८१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने विकास कार्कीका १५ महिनाका छोरा यूनिक कार्कीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण