गाउँपालिका अध्यक्षद्वारा सवारी साधन फिर्ता
सोमबार, २८ चैत २०७८, १६ : ०६
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित वलीले निर्वाचन आचारसंहिता घोषणा भएसँगै सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जीप आइतबार कार्यालयमा बुझाएको गाउँपालिकाले जानकारी दिएको छ ।
आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्ष वलीले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए । दाङ २ उपमहानगर, १ नगर र ७ गाउँपालिका रहेका छन्। १० पालिकामध्ये माओवादी केन्द्रले जितेको बंगलाचुली गाउँपालिका मात्रै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण