एक महानगर र एक उपमहानगरमा हाम्रो दाबी छः झलनाथ खनाल
मङ्गलबार, २९ चैत २०७८, २० : ३०
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले एक महानगरपालिका र एक उपमहानगरपालिकामा दाबी गरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । उनले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्ने सहमति गठबन्धन दलमा भइसकेको पनि बताए ।
महानगर र उपमहानगरको चुनावी तालमेल भने तल्लो तहकै सहमतिका आधारमा हुने जानकारी दिँदै खनालले तालमेलको मोडालिटी भने केन्द्रले तय गर्ने बताए ।
केन्द्रले तालमेल कसरी गर्ने भन्नेबारेमा टुंगो लगाएपछि त्यसै अनुसार गठबन्धनको प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्रले निर्णय गर्ने उनको भनाइ छ । उनले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण