बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कोदोको तीनपानेलाई ब्राण्डेट बनाउनु पर्नेमा नेता भण्डारीको जोड

मङ्गलबार, २९ चैत २०७८, १७ : १८
मङ्गलबार, २९ चैत २०७८

नेपाली कांँग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले कोदाको तीनपाने रक्सीलाई ब्राण्डेट बनाउनु पर्नेमा जोड दिएका छन् । मंगलबार भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालमा दिनप्रति दिन मानिसहरु रक्सीको सौखिन भएको र नेपालमा वार्षिक अर्बौंको रक्सी आयत गर्नुभन्दा घरेलु मदिरालाई नै व्राण्डेट गरेर बजारमा ल्याउन सके विदेशमा जाने  अरबौं रकम स्वदेश मै रहने धारणा राखे ।

उनले अन्य खाद्य वस्तु कोदो मकै, स्याउ सुन्तलालाई पनि नेपालको ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा पुराउन सके नेपालले आर्थिक संकट मोचन गर्न सक्ने बताए । नेताहरुले चुनाव आउँदा नयाँ नयाँ आश्वासन बाँड्ने र  कार्यकर्ताहरु  त्यस्तै नेताहरुकै पछाडी लाग्ने प्रवृत्तिले मुलुक टाट पल्टने अवस्थामा पुगेको टिप्पणी गरे ।

नेता भण्डारीले स्थानीय तहको निर्वाचनमा गठबन्धनले हरेक पालिकामा जित हाँसिल गर्ने निश्चित भएको दावी गर्दै  भने –‘   कतैबाट विचलित नभई ढुक्कसँग गठबन्धनलाई भोट हाल्न आम मतदातालाई अपिल गर्दछु ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप