रोल्पामा आधा सिट नदिएमा एक्लै चुनाव लड्ने काँग्रेसको धम्की
नेपाली काँग्रेस रोल्पाले चुनावी भागबण्डा गर्दा आधा सिट नदिए एक्लै चुनावमा जाने धम्की दिएको छ । जिल्लाका १० पालिकामध्ये कम्तिमा ५ सिट आफूले नपाए एक्लै चुनाव लड्ने निर्णय गरेको नेपाली काँग्रेसले जनाएको हो । काँग्रेसले ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ७२ वटा वडामध्ये ३६ वडा अध्यक्ष आफूले पाउनुपर्ने माग राखेको छ ।
३६ वडामा अध्यक्ष पाएको वडामा एक जना सदस्य र अन्य ३६ वडामा ३ जना सदस्य पाउनुपर्ने नेपाली काँग्रेस रोल्पा जिल्ला सभापति किशोरकुमार आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्लामा पार्टीको संगठन मजबुत बनेकाले आफूहरूले आधा सिट पाउनुपर्ने कार्यकर्ताको दबाब रहेकाले सोहीअनुसार नभए एक्लै चुनाव लड्ने तयारी गर्न निर्देशन दिएको ब्यहोरा विज्ञप्तिमा उल्लेख गरेको छ।
२०७४ सालको स्थानीय चुनावमा रोल्पामा माओवादीले सात, एमालेले दुई र नेपाली काँग्रेसले एउटा स्थानीय तह जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
