शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी केन्द्रले  गर्‍यो​ सुन्दरहरैंचाका लागि उम्मेदवारको सिफारिस

बिहीबार, ०१ वैशाख २०७९, २० : १५
बिहीबार, ०१ वैशाख २०७९

नेकपा माओवादी केन्द्रले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लागि आगामी निर्वाचनमा लड्ने प्रमुख तथा उपप्रमुखको उम्मेद्वारको नाम सिफारिस गरेको छ । 

सुन्दरहरैंचा नगर सचिवालयको बैठकले नगर प्रमुखमा कुमारी राई (रचना), लक्ष्मी न्यौपाने (लता) र दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको छ । यस्तै उपप्रमुखमा भने नवराज चापागाईं, सिटा कडरिया र गिता प्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ । 

माओवादी केन्द्रले प्रदेश सदस्य खेमराज सुन्दास (अरुण)को नेतृत्वमा लता न्यौपाने, गिता श्रेष्ठ र दुश्यन्त भट्टराई रहेको गठबन्धन दलहरुसँग वार्ता गर्ने समिति पनि निर्माण गरेको छ । बैठकले भोली (शुक्रबार)सम्ममा सबै वडाको उम्मेदवार सिफारिस गरिसक्ने र संगठन विस्तार तथा सुदृढीकरणका साथै जारी रहेको चुनावी अभियानलाई लिएर निरन्तर जनतामा जाने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप