यो मुलुकको परिवर्तनको वाहक माओवादी नै हो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले यो मुलुकको परिवर्तनको वाहक माओवादी पार्टी नै भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु सुखद भएको बताए ।
अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षता, व्यवस्थासँगै उत्पीडित समुदायको पक्षमा लडेको पार्टीमा प्रवेश गर्नु ठिक भएको बताए । एमालेमा ४३ वर्ष सक्रिय भएका नुवाकोटका माधव पाण्डे र काँग्रेसमा सक्रिय सन्जिकुमार साह माओवादी प्रवेश गरेका छन्। दुबैपक्षबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेको माओवादीको दाबी छ। ‘केपी ओली नुवाकोट जाँनु एमालेमा ४३ वर्ष सक्रिय नेता माओवादी प्रवेश गर्नु यो बडो सुखद पक्ष भयो’ प्रचण्डले भने,‘एमाले भन्ने कस्तो पार्टी रहेछ भन्ने यो पार्टी प्रवेशले समेत छर्लङ भयो।’ नवप्रवेशीलाई जिम्मेवारी दिन पार्टीले कुनै कन्जुसाई नगर्ने प्रचण्डले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण