महिला मृत्युको विषयमा प्रहरी कार्यालयमै झडप, श्रीमानसहित तीन जना पक्राउ
बुधबार राति रुपन्देहीको तिलोत्तमामा मृत्यु भएकी महिलाको विषयलाई लिएर शुक्रबार प्रहरी कार्यालयमै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । तिलोत्तमा–२, जानकीनगर भेटनरी लाइनमा बुधबार राति करिव १० बजे विष सेवनका कारण २९ वर्षीय अमृता खत्रीको मृत्यु भएको हो ।
मृतकका माइतीपक्षले उनको सुनियोजित हत्या भएको दाबी गरेका छन् । शुक्रबार दिउँसो माइतीपक्षले प्रहरीमा अमृताका पति लगायतविरुद्ध किटानी जाहेरी दिएको छ । बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी ठगबहहादुर केसीका अनुसार माइती पक्षले दिएको किटानी जाहेरी अनुसार मृतकका पति प्रेम टण्डन, ससुरा पहलसिंह टण्डन र सासु दिपा टण्डनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तर, माइती पक्षले आरोपितको घरमा तोडफोड गर्ने, प्रहरी कार्यालय परिसरमा पनि उत्तेजित पार्ने काम भएपछि सुरक्षा संवेदनशीलतालाई हेरेर बल प्रयोग गरी उनीहरुलाई त्यहाँबाट हटाएको हो । मृतक अमृताका दाजु पुस्कल खत्रीका अनुसार अमृता माइतीमा बस्दै आएकी थिइन् । बुधबार साँझ साढे ८ बजेतिर प्रेम टण्डनले अमृतालाई फोन गरेर तत्काल घर आउन भन्दै बोलाएका थिए । तत्कालै घर पुगेकी अमृताले ९ बजेर ३१ मिनेट जाँदा दाजुलाई एसएमएस गरेर ‘यिनीहरुले मलाई मार्छन्, यहाँबाट बाहिर निकाल्नुस्’ भनेको माइती पक्षको दाबी छ ।
त्यसको ४५ मिनेटपछि अमृताकै श्रीमानले उनको मृत्युको खबर आफूहरुलाई सुनाएको पीडित पक्षको भनाइ छ । अमृता र उनका पतिबीच केही अघिदेखि नै राम्रो सम्बन्ध नरहेको बताइन्छ । अमृताले विष सेवन गर्नुका पछाडि उनका पतिसहित परिवारका सदस्यहरु जिम्मेवार रहेको माइती पक्षको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण