प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिए
प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिएका छन् । गठबन्धनका चार दल बीचको भागबण्डामा किचलो भइरहेको बेला सोही गठबन्धनमा राजेन्द्र लिङ्देनले नेतृत्वको गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक संघीय लिम्बुवान राष्ट्रिय मञ्च पनि सहभागी भएको हो ।
सुनसरीको इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका तर्फबाट प्रदेश १ का अध्यक्ष राम थापा र लिम्बुवानका केन्द्रीय महासचिव अशोक चेम्जोङको सहभागिता थियो । ‘बैठकमा राप्रपालाई १ नम्बर प्रदेशमा गठबन्धनमा समावेश गरेर जाने निर्णय भयो,’ माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीले भने, ‘अब राप्रपा र लिम्बुवान पनि गठबन्धनमा सहभागी भएका छन् ।’
यस्तै सो बैठकले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउने, माथिको निर्देशनअनुसार ३ गतेसम्म जिल्लाले टुङ्ग्याएर प्रदेशमा पठाउने, ५ गतेसम्ममा प्रदेशले केन्द्रमा पठाउने निर्णय गरेको छ ।
संखुवासभा लगायतका स्थानमा गठबन्धन तोडिएको घोषणा भइरहेको विषयमा के हुन्छ भन्ने प्रश्नमा डाँगीले भने, ‘त्यहाँबाट पनि काँग्रेस र माओवादीको छुट्टाछुट्टै रिपोर्ट सम्बन्धित पार्टीमा आउँछ, प्रदेश पार्टीले त्यसलाई समायोजन गरेर पठाउँछ ।’
यसअघि बसेको प्रदेश १ का गठबन्धन चार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठकले वडा तहसम्मै सहमति गरेर चुनावमा जाने निर्णय गरेका थिए ।
सोही बैठकबाट प्रदेशका प्रमुखहरु रहेको अनुगमन संयन्त्र पनि निर्माण भएको थियो । ‘गठबन्धन भित्रका पार्टीहरुले गठबन्धन विरोधी कुरा गर्न नहुने, उम्मेदवारी दर्ता भइसकेपछि त्यसको विरुद्धमा जानेहरूलाई नियन्त्रण गर्ने काम पनि सो संयन्त्रले गर्नेछ,’ डाँगीले भने । अहिले जिल्ला भन्दा तल गठबन्धनको विषयमा छलफल नगर्ने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण